२०८३, काठमाडौं, कार्तिक २१ गते शनिबार । इमाडोल, ललितपुरको लालित्य सिर्जना समाजले काठमाडौंको पुतलिसडकस्थित ग्रीनलिफ फूडमा शुभदीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । संस्थाको उपाध्यक्ष साजन थापाको सभापतित्वमा आयोजित कार्यक्रममा प्रा.डा.गोविन्दमान सिंह कार्कीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमका विशिष्ट अतिथिहरूमा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, […]