काठमाडौं , २०८१ जेठ २६ गते शनिबार । अभिनव साहित्य समाजले २६८ औँ मासिक शृङ्खलाअन्तर्गत कवि गोष्ठी र विष्णुचन्द्र अभिनव वर्षोत्कृष्ट गद्य कविता पुरस्कार यस वर्ष कीर्तिपुर निवासी गङ्गाप्रसाद भे टवाललाई रु. ७०००/– (सात हजार) सहित दोसल्ला र सम्मान पत्रले सम्मानित गरेको छ । समाजका उपाध्यक्ष विमल अर्यालको सभापतित्व, प्रा.डा रामप्रसाद ज्ञवालीको प्रमुख आतिथ्य, शारदा पराजुलीको उद्घोषण र मेनका आचार्यको स्वागत मन्तव्यबाट कार्यक्रम शुभारम्भ भएको थियो । समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणिले धन्यवाद ज्ञापन र सम्मानित तथा पुरस्कृत व्यक्तित्व र कृतित्वबारे प्रकाश पार्नुभएको थियो । प्रमुख अतिथिले पुरस्कार तथा सम्मान अर्पण गर्नुभएको थियो । यसै गरी सम्मानित व्यक्तित्वका बारेमा विजय चालिसे, डिल्लिराज अर्याल, मञ्जुश्री प्रधान के.सी., शङ्कर भारती, गङ्गा पौडेलले पनि आ–आफ्ना धारणा राख्दै रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रमका अन्य सहभागीहरूमा सुशील आचार्य, ओम प्रसाद कोइराला, बद्रीप्रसाद सुवेदी, सरिता घिमिरे, सर्वानन्द सरस्वती, आलोक चालिसे , सिताराम पोखरेल, जानुका भट्टराई, सञ्जय सोती सजग, सुरेशचन्द्र घिमिरे, राजेशमान के .सी., कीर्ते पौडेल, वसन्त रिजाल, ललिता दोषी, भवानी सापकोटा, गोविन्द संगत महर्जनलगायत हुनुहुन्थ्यो ।
बिहान ११ बजेबाट अभिनव लक्ष्मीदेवी साहित्य सिरपाको लागि स्थलगत मुक्तक लेखन तथा वाचन प्रतियोगिता भएको थियो । उत्तर वाहिनी, कान्तिभैरव, सरस्वती मा.वि., मनकामना, सुनौलो भविष्य, जेनेसिस, रिम्स, सुसंस्कार , रिपुमर्दिनी, गोकर्णेश्वर , इष्टपोल, त्रिकोण र सर्वनाम माविबाट ४० जना विद्यार्थीहरू उपस्थित भएकोमा लेखनमा र वाचनमा भाग लिएकाहरूमध्ये सरस्वती मा.वि.की कृष्टिना तामाङ प्रथम, रिडर्स इन्टरनेशनलका दीपदर्शन न्यौपाने द्वितीय, सुनौलो भविष्य आवासीय विद्यालयका सुदीप गिरी, इष्टपोल मा.वि.की आद्र्रा ढुङ्गाना र कान्तिभैरव गुरुकुलका मन्दिप रिमाल तृतीय भएका थिए । विजयीहरूलाइ क्रमशः ५०००/-, ३०००/- र १०००/- नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्: