संस्कृति
वर्ष दिनको तीजमा आए बाबा लिनलाई ।
पठाइदिनोस् स्वामी राजा चारै दिनलाई ॥ १ ॥
यसपालि त नजाऊँ प्यारी बिदा गर बाबालाई ।
स्वामी देवले पठाएनन् भन्देऊ आमालाई ॥ २ ॥
कसोगरी भनौ मैले यसै जानोस् बाबालाई ।
पञ्चमीको पूजा सकी आउँला बरीलै ॥ ३ ॥
घरको काम कसले कर्छ तिमी जानी छैनौ है ।
हाँसी खुशी बस प्यारी घरै बरीलै ॥ ४ ॥
किन आयो तीज पर्व दिनहरू घुमेर ।
आमाबाबा बस्दा होलान् छोरी सम्झेर ॥ ५ ॥
सृष्टि दाता भगवान् जन्मदिने बाआमा ।
जान दिन्न स्वामी राजा भन्दै नभन ॥ ६ ॥
कति मिठो खानलाई आलु बोड़ी तामाले ।
दर पकाइ कुरी बस्नु हुन्छ आमाले ॥ ७ ॥
आइन् छोरी भनेर नभन्नु है आमाले
बिदा मलाई मिलेन घरको कामले ॥ ८ ॥
म छोरीलाई सम्झेर आमा नरोइ बसे है ।
मिले अर्को तीजमा आउँला बरीलै ॥ ९ ॥
गोँगबुँ गणेशस्थान, काठमाडौं
प्रतिक्रिया दिनुहोस्: