अभिनव साहित्य समाजमा विविध साहित्यिक कार्यक्रम सम्पन्न

१ आश्विन २०८१

काठमाडौं २०८१ भदौ २९ गते शनिबार । अभिनव साहित्य समाजले २७१ औं मासिक शृङ्खला अन्तर्गत हास्यव्यङ्ग्य र साहित्यका महारथि वासुदेव लुइँटेल र भैरव अर्यालको स्मृति दिवस, अच्युतप्रसाद चालिसेको ‘चित्त केले बुझाऊँ’ र विमल अर्यालको ‘आवरण’ नामक कविता सङ्ग्रहको लोकार्पण र कवि गोष्ठी सम्पन्न भएको छ । रमेश खनाल र प्रमुख अतिथि हेमनाथ पौडेलले आवरण, विजय चालिसे र बाजुराम पौडेलले चित्त केले बुझाऊँको टिप्पणी गर्नुभएको थियो । सो समारोहमा सांसद तथा अर्थ समितिका सभापति सन्तोष चालिसे र गोकणर्ेश्वर न.पा.का प्रमुख दीपक रिसाल, लेखक द्वय र शीतल गिरीले आआफ्ना धारणा राख्नुभएको थियो ।

परशुराम पराजुली पराशरको सभापतित्व, शारदा खनाल पराजुलीको उद्घोषण, मेनका आचार्यको स्वागत मन्तव्य र कविता वाचनबाट सुरु भएको सो कार्यक्रममा हास्यव्यङ्ग्यकार द्वयप्रति श्रध्दा सुमन अर्पण, लोकार्पित कृतिको प्रकाशकीय चर्चा र उपस्थित सबैप्रति धन्यवाद मन्तव्य समाजका अध्यक्ष गोविन्द प्र.घिमिरे वेदमणिले गर्नुभएको थियो ।

रचना प्रस्तुत गर्नेहरूमा सीताराम पोखरेल, भेषराज सापकोटा, सीताराम ढुङ्गगेल, भारद्वाज मित्र, रत्न उप्रेती, शान्ति रिसाल, राजेशमान केसी, भावना न्योपाने, सरिता दुलाल, महेश्वर खनाल, निर्मलरमण पराजुली, घनश्याम प्रसाई, गायत्रीकुमार चापागाई, मधुसूदन घिमिरे, एनवी जनकपुरी, रामब.पाहाडी, हरि पथिक, खोलाघरे, नानीबाबा अधिकारी, ललिता दोषी, सुशील आचार्य आदि हुनुहुन्थ्यो । वसन्त रिजाल, मुकुन्द अर्याल, बद्री अर्याल, शर्मिला तिमल्सिना उद्धव रायमाझी, कुमार सुवेदी, निर्मल अर्याल, कोमल लामिछाने, भक्त क्षेत्री, नानीकाजी, रघुनाथ आचार्यलगायत झण्डै दुई सयको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्: