बबिना भट्टराईको स्वर तथा संगीतमा ‘तिम्रै झझल्को’ सार्वजनिक

७ आश्विन २०८१

गीतकार श्याम कृष्ण डंगोल ‘प्रतीक्षा’ ले लेखेका विरही भावको गीत ‘तिम्रै झझल्को’ पछिल्लो समय विभिन्न सुमधुर गीत, गजल, भजनसहित पहिलो नेपाली ‘चारु’ गाएर नेपाली सुगम संगीतमा छाइरहेकी चर्चित गायिका बबिना भट्टराईको स्वर तथा संगीतमा सार्वजनिक भएको छ । बबिना भट्टराईको अफिसियल युटुव मार्फत सार्वजनिक गरिएको उक्त म्युजिक भिडियो ललितपुरको ठेचो र आसपासको सुन्दर पृष्ठभूमिमा छायाकंन गरिएको छ । गीतको एरेन्ज देवेन्द्र नेवाले गरेका छन् भने मिक्सिङ र मास्टरिङ महेश्वरमान राजभण्डारीको रहेको छ । गौरीघाट स्थित स्टुडियो साउण्ड मिलमा महेश्वरमान राजभण्डारीले रेकर्ड गरेका उक्त गीतको भिडियो जस्केलो क्रियशनद्धारा निर्माण गरिएको हो । गीतको भिडियोमा नविन लुहागुन, ओसिन आङ्दाङ्वे, राजु श्रेष्ठले अभिनय गरेका छन् भने कलाकारलाई रोनी ग्लाम स्टुडियो धुमबाराहीको तर्फबाट रोनिशा अधिकारीले आफ्नो श्रृङ्गार कलाले सिंगारेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्: