साहित्य
(१) नेपालीको चाहना
बडादशैं चाडमा
बाडौँ शुभकामना ।
(२) दशैं ठूलो चाडमा
परदेश गएका
फर्किआऊ घरमा ।
(३) यो जमरेऔँसीमा
तिम्रो बाटो हेरेर
बाबाआमा कौसीमा ।
४) नवरात्री निम्त्याइ
जमरा नै राखौँला
बालुवा नै भित्र्याइ ।
(५) चोखीनीति गरेर
पूmलपाती भित्र्याऊँ
चण्डीपाठ गरेर ।
(६) पूजाविधि बुझेर
बेग्लाबेग्लै नामले
बसौँ दुर्गा पुजेर ।
७) कालरात्री मनाऊँ
अष्टमीको दिनमा
जगदम्बा जगाऊँ ।
८) दामपैसा राखेर
मान्यजनहरूमा
टीका थापौँ हाँसेर ।
९) टीकाटालो लगाऊँ
आफन्तमा गएर
मित्रभाव जगाऊँ ।
१०) परम्परा जोगाऊँ
बडादशैं मनाऊँ
नेपालमै रमाऊँ ।
बनेपा-३, नाला, काभ्रे
प्रतिक्रिया दिनुहोस्: