कविता

दशैं गीत

१६ आश्विन २०८१
डा. सत्यराज थपलिया

खन्ने, जोत्ने, रोप्ने, गोड्ने पाखुरा नै दरा ।
देश छोडी विदेसिँदा बाँभैm बसे गरा ॥
मुखले त कृषिप्रधान देश हाम्रो भन्छौँ ।
पिठो, चामल, गुन्द्रुकसम्म किन्न अर्वौं गन्छौँ ॥ १ ॥

आफ्नूपन बिर्सिएमा हुन्न भन्छन् राम्रो ।
नक्कलले अक्कल नै खाइसक्यो हाम्रो ॥
नेता भर्छन् आफ्नै भुँडी बढाएर कर ।
जनताको बेहाल छ रुन्छन् धरधर ॥ २ ॥

आँसु पुछ्ने कोही छैनन् बूढा बाआमाको ।
न त जन्ती न मलामी देशै उजाड भो ॥
आफ्नै घरमालिक यी विदेशीको दास ।
बन्न गर्छन् मरिहत्ते, डलरको आश ॥ ३ ॥

नगरौँ त जप्नैपर्ने अभावको मन्त्र ।
सुख, शान्ति समाप्ति भो, कस्तो गणतन्त्र ?
हत्या, हिंसा, बलत्कार, भ्रष्टाचार खास ।
जताततै बढेको छ महँगी, सन्त्रास ॥ ४ ॥

यथार्थमा भन्नुपर्दा छैन कतै शान्ति ।
आततायीहरू भन्छन् गछौँ अभैm क्रान्ति ॥
शिक्षाक्षेत्र व्यापार भो मात्रै लुट्ने ठाउँ ।
पढीगुनी काम छैन अब कता जाऊँ ! ॥ ५ ॥

भन्छन् छोराछोरीहरू, विदेसिने चाँजो ।
मिलाउँदै ठिक्क हुन्छ, आफ्नै बारी बाँझो ॥
निर्यातभन्दा आयात नै बढी व्यापार घाटा ।
भयो भन्दै रमाउने हामी कत्ति बाठा ! ॥ ६ ॥

माथिदेखि तलसम्म बेरुजुको चाङ ।
कति छारो उडाऊँ आफ्नै कन्याएर आङ ॥
ऐजेरु भैmँ परजीवी बने हुन्छ हानि ।
यो चालले कतिञ्जेल चल्ला जिन्दगानी ? ॥ ७ ॥

बाढी, पैह्रो दुर्घटना-ले झन् कुटुकुटु ।
चिमोटे भैmँ भित्रभित्र खान्छ सधैँ मुटु ॥
कसरी हो समाधान गर्ने समस्याको ?
अभावले गाँजेकै छ, यही एकासीको ॥ ८ ॥

दुर्गापूजा, दीपावली साथै छठपर्व ।
आँगनमै आएका छन् यसैमा छ गर्व ॥
हात जोरी बिन्ती छ यै नवदुर्गा माई ।
आपैmँ आई रक्षा गर हामी सबैलाई ॥ ९ ॥
अन्याय र अत्याचार नहोस् कतैतिर ।
बेकारमा झुकाउन नपरोस् है शिर ॥
दुःखीदाखी नहेपियूँन् नबेचियूँन् नारी ।
गाउँघर वारिपारि नहोस् चोरी जारी ॥ १० ॥

निर्मूल हून् निन्दनीय, दुष्ट, दुराचारी ।
सुधारिँदै जाऊन् अब आफ्नै खेतबारी ॥
बँझ्याएर विदेसिने नहून् युवाशक्ति ।
नेपालीको हृदयमा जागोस् देशभक्ति ॥ ११ ॥

मानिसमा विद्यमान काम, क्रोध, लोभ ।
मद, मोह, मात्सर्य औ ईष्र्या, राग, द्वेष ॥
रोग, शोक, भोक भागून् सबैको होस् जय !
सुख, शान्ति, समृद्धि होस् यही कामना छ ॥ १२ ॥
सवाई छन्द
रचना ः २०८१ असोज ६ गते ।
लिखु-६, थान्सिङ्ग, नुवाकोट।

प्रतिक्रिया दिनुहोस्: