काठमाडौं, असोज १७ गते बिहीबार । अभिनव साहित्य समाजले २७२ औ शृङ्खला अन्तर्गत केही दिन अगाडि हुनगएको अतिवर्षाको कारण भएको बाढी पहिरोको बितन्डाबाट धेरै धनजनको क्षति हुनपुगेकोमा मृतक आत्माप्रति श्रध्दा सुमन अर्पण र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना र समवेदना प्रकट गर्दै एक मिनेट मौन धारणबाट कार्यक्रमको शुभारम्भ गरेको थियो ।
उपाध्यक्ष विमल अर्यालको सभापतित्व, दुर्गा अधिकारी भ्रमरकोटेको प्रमुख आतिथ्य, बी.पी. सङ्गहालयका अध्यक्ष परशुराम पोखरेल, बिशुकुमार के.सी. र डा. मेघराज ढकालको कार्यक्रममा विशेष आतिथ्य रहेको थियो । प्रमुख अतिथि तथा विशेष अतिथिहरूले मन्तव्य र कविता वाचन गर्नुभएको थियो । शारदा पराजुलीको उद्घोषण र कविता वाचन, परशुराम पराजुलीको स्वागत मन्तव्य र कविता वाचनबाट सुरुभएको कार्यक्रममा, कृष्णप्रसाद पौडेल, कृष्णा श्रेष्ठ, र घमा खनाल भट्टराईलाई सुन्दर कविता प्रस्तुतिको लागि प्रोत्साहनपरक पुरस्कार प्रदान गरिएको थियो । समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरेको धन्यवाद मन्तव्य र रचना वाचन रहेको थियो ।
अन्य सहभागी तथा कविता वाचन गर्नेहरूमा राजेशमान के.सी., सुशील आचार्य, सरिता दुलाल घिमिरे, वासुदेव पौडेल, घनश्याम प्रसाई, सुमन पुडासैनी मित्र, बि.पी. इलामे, मेनका पोखरेल आचार्य, अच्युत घिमिरे, गीता बराल, सुमित्रा श्रेष्ठलगायत ४० जनाको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्: