विजयादशमी तथा शुभदीपावलीको अवसरमा शुभकामना आदानप्रदान तथा रचना वाचन

२२ आश्विन २०८१

काठमाडौं, असोज २१ गते सोमबार। साहित्य तथा संस्कृति विचार मञ्चको आयोजनामा ०८१ सालको विजया दशमी तथा  दीपावलीको अवसरमा शुभकामना आदानप्रदान तथा रचना वाचनको कार्यक्रम सम्पन्न भएको छ । निष्पक्ष मिडिया (खोज अनलाइन)को हलमा भएको सो कार्यक्रममा विभिन्न स्रष्टाहरूले रचना वाचन पनि गर्नुभएको  थियो ।

नेपाली सेनाका पूर्वसेनानी टंकबहादुर बजगाईं खत्रीको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको सञ्चालन तथा सहजीकरण संस्थाकी अध्यक्ष साहित्यकार तारा केसीले गर्नुभएको  थियो । सो समारोहमा विद्वत रत्न प्राध्यापक डाक्टर गार्गी शर्मा प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो  भने विशेष अतिथिको रूपमा साहित्यका  उच्च टाकुरा डा.दामोदर पुडासैनी किशोर उपस्थित रहनुभएको थियो।

कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशेष अतिथिको साथै अतिथि साहित्यकारहरू रत्नप्रसाद अनामणि श्रेष्ठ, जेपी नेपाल, उमेश पाण्डे, हरिकृष्ण धिताल, उत्तम भेटुवाल, रेणु अधिकारी ‘मौनता’, पार्वती पुडासैनी र रेडियो नेपालकी कार्यक्रम प्रस्तोता यशोदा अधिकारी लगायतले आ-आफ्ना रचना वाचन गर्नुभएको  थियो ।

दशैं तथा तिहारको पूर्वसन्ध्यामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा दशैँको महत्व, यसको धार्दिक तथा सांस्कृतिक पक्ष, साहित्य र संस्कृतिको अन्तर सम्बन्धका बारेमा बृहत् छलफल तथा विमर्श पनि भएको थियो।

प्रतिक्रिया दिनुहोस्: