गजल

गजल

१७ कार्तिक २०८१
रत्नप्रसाद अनामणि श्रेष्ठ

दरिलो हात त्यही हो तर सिप हरायो
मनको दियो त्यहीँ छ तर दीप हरायो ।

भित्री वस्त्र लगाएको हो कि नलगाएको हो
इलाष्टिकको जमाना हो तर खिप हरायो ।

हावा गफमा दिनभरि बिताउने गर्छन्
पुर्खाको इतिहास लेख्ने त्यो निप हरायो ।

जताततै दुर्व्यसनको अखाडाहरू छन्
चक्की र चिलिमले युवाको हिप हरायो ।

बनेपा-४, नाला, काभ्रे

प्रतिक्रिया दिनुहोस्: