काठमाडौं, टोखा नगर प्याब्सनको तेस्रो नगर अधिवेशनले अरुण कुमार के.सि.को नेतृत्त्वमा सर्वसम्मत रुपमा देहायनुसार काे ७ सदस्यीय कार्यसमिति गठन गरेकाे छ । नव निर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सुखद कार्यकालको शुभकामना ! साथै उक्त अधिवेशन सफल बनाउन प्रमुख निर्वाचन आयुक्त कोषाध्यक्ष श्री आर. बि. अधिकारी तथा निर्वाचन आयुक्तहरू द्वय सह-सचिब श्री अनिल पराजुली र सह- कोषाध्यक्ष श्री डि. एन.अधिकारी, नि:वर्तमान अध्यक्ष श्री टङ्क कुमार चापागाई लगायत महत्त्वपूर्ण भूमिका खेल्नुहुने र सङ्गठनलाई माया गर्ने सबै शुभेच्छुक र अधिवेशनमा भाग लिनु हुने प्रतिनिधि तथा शुभेच्छुक मित्रहरुलाई निवर्तमान कार्यसमितिले हार्दिक आभार र धन्यवाद ब्यक्त गरेको छ।
टोखा नगर प्याब्सनमा नवनिर्वाचित पदाधिकारी एवम् सदस्यज्यूहरू यस प्रकार रहनुभएको छ।
१. अरुण कुमार के. सि. (अध्यक्ष)
२. महेश पाण्डे ( उपाध्यक्ष )
३. डिल्लिराम ढुङ्गेल (सचिव)
४. दिपेन्द्र थापा (काेषाध्यक्ष)
५. दिनेश श्रेष्ठ (सदस्य)
६. शिव थापा (सदस्य)
७.रोशन कट्टेल (सदस्य)
प्रेम कुमार राई
अध्यक्ष
प्याब्सन जिल्ला कार्यसमिती, काठमाडौं को Facebook wall बाट साभार।
२०८१/०८/२४,सोमबार
प्रतिक्रिया दिनुहोस्: