कविता

बाल कविता। हजुरबा र नाति

१ पुष २०८१
रन्जुश्री पराजुली

रञ्जुश्री पराजुली

जाडो महिना आयो रमाइलो लाग्छ
स्कुल बिदा भएर घरमा बस्न पाइन्छ
घरमा बसी हजुरबाको कथा राम्रो सुन्छु
उनका बाल्यकालका कथा मलाई भन्छन् ।

उनी सानो हुँदा गाउँकै घरमा बस्थे रे
उनका पनि बाजेले राम्रा कथा भन्थे रे
त्यही कथा दोहर्‍याइ उनी फेरि भन्छन्
उनक कथासुन्दा मेरो मनखुशी हुन्छ ।

हजुरबाको पालाको कथा धेरै राम्रो
सुन्न पाउने आशले म भनेको मान्छु
गुरुमाले कक्षामा हाम्लाई कथा भन्छिन्
हाम्लाई पनि कथा भन्न लाउँछिन ।

दुईतिर कथा सुन्न पाउँने भाग्यमानी
म पनि लेख्न खोज्छु बन्दै धेरै ग्यानी
लेखेको कथा म हजुरबालाई सुनाउँछु
न मिलेको ठाउँमा मिलाइ दिन्छन् ।

कक्षामा मलाई विज्ञान मन पर्छ
घरमा पनि म विज्ञान अभ्यास गर्छु
फुर्सद पाएँ भने कथा पुस्तक पढ्छु
कथा पढ्दा मेरो मन धेरै खुशी हुन्छ ।

गृहकार्य नबिगारी कथा पढ्छु म
जानेजति कोसिस गर्दै कथा लेख्छु
वनभोज जाने भन्दै सबै साथी मिल्छौं
खाजा बट्टा बोकी रुख मुनि बस्छौँ ।

बाँसबारी, काठमाडौं
२०८१.८.३० ।

प्रतिक्रिया दिनुहोस्: