काठमाडौं, २०८१ मंसिर २९ गते शनिबार । अभिनव साहित्य समाजले २७४ औ शृङ्खला अन्तर्गत बद्रिनाथ अभिनव छन्द कवि पुरस्कार तथा सम्मान अर्पण र कवि गोष्ठी सम्पन्न गरेको छ ।
उपाध्यक्ष विमल अर्यालको सभापतित्व, बमबहादुर थापा जितालीको प्रमुख आतिथ्य, विजय चालिसे, गो.न.पा. को वडा अध्यक्ष नवराज लामा, शीतल गिरी, डिल्लीराज अर्याल, गङ्गा कर्माचार्य, रघुनाथ आचार्य, भाग्यशाली अधिकारी, बाजुराम पौड्याल, गंगाप्रसाद भेटवाल र पुरस्कृत व्यक्तित्व शान्ति सापकोटालगायतको विशेष आतिथ्य रहेको थियो ।
प्रमुख अतिथिलगायत अतिथि तथा संस्थाका पदाधिकारीहरूले संयुक्त रूपमा कवि बद्रीनाथ आचार्यको तस्विरमा माला तथा पुष्पार्पण गर्दै बाल साहित्यकार तथा छन्द कवि शान्ति सापकोटालाई नगद सात हजार सहित, सम्मानपत्र र दोसल्ला ओढाएर पुरस्कृत गर्नुभएको थियो । प्रमुख अतिथि तथा अन्य विशेष अतिथिहरूले छन्द कवि बद्रिनाथ र पुरस्कृत व्यक्तित्वको विषयमा मन्तव्य राख्नुभएको थियो ।
शारदा पराजुलीको उद्घोषण, परशुराम पराजुलीको समीक्षा र मेनाका आचार्यको स्वागत मन्तव्यबाट सुरुभएको सो कार्यक्रममा, समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले धन्यवाद अर्पण र बद्रिनाथ र पुरस्कृत व्यक्तित्वको विषयमा मन्तव्य दिनुभएको थियो ।
उत्कृष्ट रचना वाचन गर्ने पुनम घिमिरे, विजया बस्नेत र दिवाकर न्यौपानेलाई प्रोत्साहनार्थ पुरस्कार प्रदान गरियो । कार्यक्रममा रचना वाचन गर्नेहरूमा उदव रायमाझी, वसन्त रिजाल, गोपाल बराल, बाजुराम पौडेल, वासुदेव पौडेल, भावना न्योपाने, सुशील आचार्य, सरिता दुलाल घिमिरे, ठाकुर प्रसाद खतिवडा, सुमन पुडासैनी मित्र, नवराज पुडासैनी, ज्योत्स्ना, बि.पी. इलामे, वीरबहादुर लोहनी, ओम प्रसाद कोइराला, बद्री सुवेदी, कृपा पराजुली, मांगजुम थिंग, राजेशमान केसी, गायत्री कुमार आचार्य, सञ्जय सोती, सुरेशचन्द्र घिमिरे, पराशर रिजाललगायतका सर्जकहरू हुनुहुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्: