कविता

बालकविता/बानी

३ पुष २०८१
राजेशमान के.सी.

नानीदेखी हुनुपर्छ हाम्रो राम्रो बानी ।
खराब बानी भए आपूmलाई नै हुन्छ हानी ॥

जुन मानिसको हुने गर्छ स“धै असल बानी ।
त्यही मानिस जीवनमा बन्छ भाग्यमानी ॥

कोही नङ टोक्ने, कोही नाक कोट्याउने गर्छ ।
यस्तो बानीले शरीरमा अनेक रोग सर्छ ॥

कोहीको फेरि हुन्छ अति रिसाउने बानी ।
यसले पनि पुर्‍याउ“छ आफैलाई हानि ॥

कति मानिसको हुन्छ अल्छी गर्ने आदत ।
यस्तो आदत बन्छ उसको उन्नतिमा बाधक ॥

कतिलाई जाँड-रक्सी, चुरोट नभई हुँदैन ।
चाहेर नि पछि उसले छाड्न सक्तैन ॥

खराब बानी समयमै हटाउनु पर्छ ।
नत्र यसले जिन्दगीमा ठूलो हानि गर्छ ॥

जुन बानीले आफूलाई हानि पुग्ने गर्छ ।
त्यसलाई हामीले समयमै सुधार गर्नुपर्छ ॥

असल खराब बानी गर्ने आफ्नै हातमा हुन्छ ।
जस्तो आदत गर्‍यो हामीले त्यस्तै बानी बन्छ ॥

गट्ठाघर-२, भक्तपुर

प्रतिक्रिया दिनुहोस्: