कविता

प्रकृति

३ पुष २०८१
शुभन भण्डारी

नीलो आकाश स्वच्छ पानी सिर्रसिर्र हावा
यही प्रकृतिमा रम्ने गर्छन् साधु सन्त बाबा ।

चिर्रबिर्र गरिकन चरी उड्छ रमाएर
रमाउँछ डालीडाली रवाफ जमाएर ।

फूलहरू मुस्कुराउँछन् छर्दै मीठो सुवास
प्रकृतिमा हुने गर्छ आनन्दको आभास ।

हिमालको शृङ्खला दन्तेलहर हाँस्दा
रमाउँछन् डाँफे मुनाल नौलाख प्रीति गाँस्दा ।

वनपाखा हरियाली स्वर्ग जस्तै लाग्छन्
प्रकृतिकै सुन्दरताले पर्यटकलाई डाक्छन् ।

कक्षा : ६
बाल विकास बोर्डिङ हाई स्कुल
बूढानीलकण्ठ, काठमाडौं

प्रतिक्रिया दिनुहोस्: