यसपटकको अतिथि सम्पादकमा काठमाडौं युरो स्कुल, टोखा-८, बानियाँटार, गोँगबुँ, काठमाडौंका छात्रछात्राहरू सुमिनेश पाण्डे (कक्षा : ९), अभिप्सा ढुङ्गाना (कक्षा : ९), निर्भीक राज सापकोटा (कक्षा : ७) र परिधि पाण्डे (कक्षा : ६) रहेका छन् । यस अङमा सोही विद्यालयका भाइबहिनीहरूका विभिन्न रचनाहरू सङ्कलन गरी उनीहरूले नै छनोट तथा सम्पादनसमेत गरेका हुन् ।
प्यारो शनिबार
जयेश राज पाठक
कक्षा : ३
काडमाडौं युरो आई. बी. वर्ल्ड स्कुल
एक हप्तामा हुन्छन् सातवटा बार
ती मध्ये मलाई प्यारो लाग्ने शनिबार
शनिबार सधैं नुहाइ सफा भई बस्छु
कापी कलम निकालेर धेरैबेर पढ्छु ।
शनिबार सबै जना हामी घरमा हुन्छौँ
मीठो मीठो खाने कुरा पकाएर खान्छौँ
अरूदिन सधँै हामी विद्यालय हुन्छौँ
बिदाको दिन भएर नै हामी घरमा खेल्छौँ ।
घरमा छ मेरो एउटा सानो पुन्टे भाइ
मोबाइल हेर्छौं एकछिन हामी खाजा खाइ
साँझपख घुम्न जान्छौँ चढीकन कार
यसरी नै बित्छ मेरो रमाइलो शनीबार ।
ज्ञानी बन्ने
सात्भिक लामिछाने
कक्षा : ३
काडमाडौं युरो आई. बी. वर्ल्ड स्कुल
सधैँ स्कुल गएर
पढ्न, लेख्न जानेपछि
सबैले राम्रो भन्नेछन्
ज्ञानी, गुणी देख्नेछन् ।
राम्रो पढी, राम्रो लेखी
ठूलो मान्छे बन्नलाई
आजदेखि ज्ञानी बन्ने
ठूलो सपना बोकेको छु ।
गुरु
प्रनिश अर्याल
कक्षा : ३
काडमाडौं युरो आई. बी. वर्ल्ड स्कुल
सन्तानलाई जन्मदिने बुबा, आमा, गुरु
राम्रा असल काम गर्न घरबाटै सुरु
दोस्रो गुरु विद्यालय गएपछि देख्छाँै,
गुरुहरूले पढाएपछि सबै कुरा सिक्छौँ ।
क. ख. ग. घ. ङ बाट सुरु हुन्छ ज्ञान
पढाउँदा गुरुहरूले सधैं दिन्छौँ ध्यान
साथीहरू सबैसँग रमाइ रमाइ खेल्छौँ,
गुरुहरूले काम दिँदा हामी सबै गर्छौं ।
अँध्यारोलाई हटाएर उज्यालोमा लाने
पूज्नुपर्छ गुरुलाई हामी सबले जाने,
माया गरौँ गुरुलाई गरौँ सम्मान पनि
सम्मान त्यो व्यक्त गरौँ गुरु चरण परी ।
मेरा आमाबुबा
प्रतिक जोशी
कक्षा : ४
काडमाडौं युरो आई. बी. वर्ल्ड स्कुल
काम गर्दागर्दै थाक्नुहुन्छ,
तर पनि मेरो हँसिलो मुख हेरेर रमाउँनुहुन्छ ।
एकछिन पनि सुत्ने फुर्सद छैन आमाबुबालाई,
गृहकार्यदेखि परियोजनासम्म मद्दत गर्नुहुन्छ मलाई ।
म नसुत्नेबेलासम्म उठिरहनुहुन्छ,
जति थाके पनि मिठो हाँसो लिएर बस्नुहुन्छ ।
म रमाऊँ भनेर विभिन्न ठाउँ घुमाउँनुहुन्छ,
आप्mनो हैन मेरो लागि सबै कुरा त्यागिदिनुहुन्छ ।
आपूm बिरामी भएपनि मेरो बारेमा सोच्नुहुन्छ,
जति तनाब भएपनि जहिल्यै हाँसिरहनुहुन्छ ।
कार्यालयबाट आएपछि घरमाको गरिरहनुहुन्छ,
मैले जानूँ भनेर विभिन्न कुराको ज्ञान दिनुहुन्छ ।
कुलतमा नफस्नूँ भनेर सम्झाउनु हुन्छ,
मलाई चाहिएका सबै कुरा पूरा गरिदिनुहुन्छ ।
दिनभरि, रातभरि नसुतेर काम गर्नु हुन्छ,
धन्यवाद छ भगवान !
मलाई असल आमाबुबा दिनुभएको छ ।
मित्रता
ऋभान शाह
कक्षा : ५
काडमाडौं युरो आई. बी. वर्ल्ड स्कुल
मित्र भनेको सधैं साथ दिने,
खुसीमा रमाउने, दुःखमा हात दिने ।
जति टाढा भएपनि हर पल सम्झिने,
विश्वासको बन्धन कहिले नटुट्ने ।
मित्रताले बनाउँछ प्रेमको बाटो,
सुख-दुःखमा सँगै हुने बलियो गाँठो ।
रमाइलो समय, हाँसो, र खुसी
साथीको साथमा बिर्सिन्छन् दुःखको भारी ।
साथीले दिने साथ र भरोसाको बाचा,
संसारभर खोजेर पाउन मुस्किल नाता ।
मित्रता हुन्छ अमूल्य र साँचो,
जीवनभर रहन्छ मित्रताको खाँचो ।
साझा पृथ्वी
युनिशा पुरी
कक्षा : ५
काडमाडौं युरो आई. बी. वर्ल्ड स्कुल
पृथ्वी नै हाम्रो घर, हाम्रो सम्पत्ति
नगरौँ है मिलेर यसको दुर्गति
सम्पूणर् जीवजन्तु पृथ्वीमा बस्छन्
हामीलाई उनीहरू नै खाना पानी दिन्छन्
पृथ्वी नै हाम्रो सिर्जनाको खानी
यसभित्रै रमाउँछ प्यारो जिन्दगानी ।
सम्मान
निष्कृति पौडेल
कक्षा : ५
काडमाडौं युरो आई. बी. वर्ल्ड स्कुल
सम्मान गरौँ सबैलाई कसैलाई नहेप्ने
धर्म, जात, संस्कृतिलाई एउटै मानी बस्ने ।
ठूलो सानो भन्नु हुन्न सबको साथी बन
साथीहरू मिलेर एकैसाथ हिँड ।
किन हेप्ने किसानलाई पाए पछि खान
दुई चार महिना बस्दे भने भोकै मर्छौं जान ।
माया गर सबैलाई सम्मान पनि गर
एउटै हो मानव हामी, मिली बस्न सिक ।
काम लगाइ श्रमिकलाई किन त्यसै हेप्ने
विचरालाई पैसा नदी गिज्याउँदै बस्ने ।
कोही कोही सम्मान गर्छन् गरीब दुःखीलाई
त्यसकै फल फर्र्की आउँछ पछि हामीलाई ।
बुबाको उपस्थिति
वृषा भट्ट
कक्षा : ५
काडमाडौं युरो आई. बी. वर्ल्ड स्कुल
कथाकारदेखि श्रोतासम्म
शिक्षकदेखि साथीसम्म
उचाईदेखि गहिराईसम्म ।
कडा स्वभावदेखि नरमसम्म
सन्तानका लागि लडाकुदेखि योद्धासम्म
रिणको भारदेखि शिरको हातसम्म ।
भयदेखि अभयसम्म
चाहनादेखि आवश्यकतासम्म
असंम्भवदेखि सम्भवसम्म ।
समस्यादेखि समाधानसम्म
हजारौँ हारदेखि जितसम्म
गालीदेखि सफलताको तालीसम्म ।
पछिदेखि अगाडि धकेल्नेसम्म
कर्मदेखि सपना पूरा गराउनेसम्म
ठेस लाग्दा उठाउनेदेखि अगाडि बढाउनेसम्म ।
मेरो बाबा
प्रिशा साह
कक्षा : ६
काडमाडौं युरो आई. बी. वर्ल्ड स्कुल
हात समातेर काखमा राखी संसार घुमायौ ।
मलाई संसार देखाउन आफ्नो रहर भुल्यौ ।
न भन्यौ कहिल्यै नाइँ मलाई
न देखायौ आफ्नो दुःख पीडा कसैलाई
काममा खटिई कति हो कति
पानीले मेटायौ भोक बाबा !
मेरो खडेरी जीवनको झरी हो तिमी ।
मेरो सही बाटो र समयको घडी हो तिमी ।
म तिम्रो चरचर फुटेको छालाको मलम बन्नुछ
म तिम्री रोशनी सँगै झलझल बल्नुछ ।
म सम्झिरहन्छु त्यो तिम्रो न्यानो काख
तिमीबिना जीवन बिताउन छ गाह्रो खास
तिमी छौ त यो संसार लाग्छ प्यारो ।
प्यारो बाबा नभए त यो संसारै लाग्छ अँध्यारो ।
तिमी हाँस, म रमाउँछु तिम्रो त्यो हाँसोमा ।
माया लाग्छ तिम्रो मलाई सारै नै ।
रिसले आफैलाई खान्छ
स्वयज्ञा सेढाई
कक्षा : ७
काडमाडौं युरो आई. बी. वर्ल्ड स्कुल
साँचेर कीन राख्छौ ओइलिसक्यो पूmलहरू
माफी किन माग्छौ भइसक्यो भूलहरू
जे हुनु थियो भइसक्यो पछुताएर के गर्छौ
आफैमा अफसोच गरी भित्रभित्रै किन मर्छौ ?
अस्थाइसकेको सूर्यलाई किन पूजा गर्छौ
अरूको प्रगतिमा जलेर किन बस्छौ ?
हातमा हार बोकी अहिल्यै आइद्यौ
पछि भन्न लागेको कुरा अहिले भनिद्यौ ।
एक दिन मर्नु नै छ भनेर किन बस्छौ
हुनु भइसक्यो, जानु गइसक्यो सम्झेर के गर्छौ ?
ढिलो-छिटो, तीतो-मिठो, त्यही सत्य हो अपनाउन सिक
भइसकेको वा हुनेवाला समयमा होइन तिमी
वर्तमानमा जिउन सिक ।
मरेका बोटमा पानी होइन खरानी हालिदेऊ
मनमा भएको रिस-राग, दुःख-पीडा सबै फालिदेऊ
जीवन जिउन सिक्दा जीवन जाँदोरहेछ
यो रिस, राग र दुखले आफैलाई खाँदोरहेछ ।
क्रिकेट
सबिक्षक थापा
कक्षा : ७
काडमाडौं युरो आई. बी. वर्ल्ड स्कुल
हरीयो मैदान घाम झुल्कन्छ
क्रिकेट खेल्दा मन खुसी हुन्छ
ब्याट हल्लाई बललाई हान्दै
खुसी साँटेर हर्षले उड्दै ।
विकेट झर्छ सबै दुःखी हुन्छन्
फिल्डर दौडन्छ, बललाई समात्छन्
कप्तानको योजना सबैले मान्छन्
खेलिरहन्छन् दिनरात नभनीकन ।
खेलिरहन्छन् देशलाई जिताउन
देशको इज्जतमाथि पुर्याउन ।
मेरो गाउँ
सोनिब जङ्ग दुरा
कक्षा : ७
काडमाडौं युरो आई. बी. वर्ल्ड स्कुल
हाम्रो गाउँ हरियो छ,
हरियालीले भरिएको छ ।
रुखहरूले छाँया दिन्छन्,
चराहरूले गीत गाउँछन् ।
गाँउका बाटाहरू साँघुरा छन्,
तर मनहरू फराकिला छन् ।
मान्छेहरू मिलनसार छन,
सधैँ हाँस्दै बस्छन् ।
गाउँका मठमन्दिरमा घण्टी बज्छन्,
पूजाआजा गर्छन् मान्छेहरू ।
शान्ति र आनन्द छ गाँउमा,
दिनरात खुशी छाउँछ ।
हाम्रो गाउँ, प्यारो छ,
सधैं मनमा बस्छ ।
म र मेरो भाइ,
हाम्रो गाउँलाई माया गर्छौं ।
प्रकृति
प्राश्ना घले
कक्षा : ८
काडमाडौं युरो आई. बी. वर्ल्ड स्कुल
सफा हरियालि र सुन्दर प्रकृति
आनन्दमय मनको राज हो प्रकृति
सुन्दा अनौठो लाग्ला तर
प्रकृतिमा रमाउँदा मन हुन्छ फुरफुर ।
हरियाली डाँडाकाँडा सेता हिमाल
सप्तरङ्गी फूलहरू सुन्दर कोमल
हुन्छ मन आनन्दित प्रकृतिमा रमाउँदा
खुल्ला आकाश हेरी हेरी जमिनमा खेल्दा ।
अधुरो सपना
प्राप्ति जोशी
कक्षा : ९
काडमाडौं युरो आई. बी. वर्ल्ड स्कुल
छ सपना एउटा ठूलो मान्छे बन्ने
तर के गर्ने जति मिहिनेत गरेपनि
बन्न सकिन धेरै जान्ने ।
पार्नुछ खुसी सबैलाई
पढाइमा होस् या खेलकुदमा,
मभन्दा पनि अब्बल छ मेरो भाइ ।
अरूसँग तुलना भएको सुन्नुपर्छ
म त केही कामको रहेनछु
तर्कनाले मनभारी हुन्छ ।
अब्बल हुन्छु भनेर सोच आउँछ
तर अन्तिममा सबै उल्टो हुन्छ ।
कसरी खुसी हुने र खुसी पार्ने सोच्छु
जसरी पनि योपटक राम्रो बन्ने सोच राख्छु ।
तुलनाको डरमा बसिरहने गर्छु
खानेबेला होस् या सुत्नेबेला मनको डर
कहिले मेटाउन सकिन भनेर सोच्छु ।
आमाबालाई खुसी पार्न ठूलो बन्ने मन छ
तर यो सपना पनि पूरा नहुने जस्तो लाग्छ ।
पढाइमा कमजोर र अरूको गाली सुन्नुपर्छ
धत् ! यस्तो जिन्दगी पनि कसलाई मनपर्छ !
विज्ञानको युग
स्मृति शाह
कक्षा : ९
काडमाडौं युरो आई. बी. वर्ल्ड स्कुल
विज्ञानको युग नयाँ आशा बोकेर
अन्धकार चिर्दै उज्यालो छर्दै छ,
नवीन सपना सजाएर उचाइतिर लम्कँदै छ
जीवनलाई दिएर नयाँ परिभाषा ।
आकाशमा उड्न सक्छ, धर्र्तीमुनि पुग्नसक्छ,
सपना भरेको छ, कल्पनाको कुनै अन्त छैन् ।
ज्ञानको आकाशमा उडेर विज्ञानले देखाएको छ,
सपना साकार पार्ने साहसी विश्वास ।
हामीले बनाएको यन्त्रहरूले नै बनाउँछन् हामीलाई
विकासको यात्रामा बिर्सिएका त हैनौँ कि हामी ?
आऊ विज्ञानको हात समातेर,
मानवता र मायासँगै लैजाऔँ यात्रालाई ।
मेसिनहरूको युगमा संवेदशीलता बाँचिरहोस् ।
प्रविधि र प्रकृतिको सुन्दर मेल मिलिरहोस् ।
विकास र माया सबैको लागि होस्,
विज्ञानको उज्यालोले मानवता झल्किरहोस् ।
नयाँ युगका नयाँ सपनाहरू सजाएर,
प्रगति र प्रेमले भरिऊन् यी हामा बाटाहरू ।
जीवनको गोरेटो
इच्छा गुप्ता
कक्षा : ९
काडमाडौं युरो आई. बी. वर्ल्ड स्कुल
जीवनको गोरेटोमा अँध्यारो छ छायाँ,
दुनियाँको नजरमा, दुःखैदुःख लुकेको छ यहाँ,
मनको भित्री छालहरू चुपचाप हुन्छन,
उज्यालोको आशमा भौतारिँदै हिँड्छन् ।
समयको समुद्रमा म हुँ डुब्ने डुङ्गा
नसकेर तैरिन नै किनारामा नपुग्नै सङ्का,
धेरै सपना पोतिएछन् चित्रमा त रातो र कालो,
आशा सबै रङ्गिदिए हुन्थ्यो होला कति भलो ।
मौसम जस्तै पीरहरू परिवर्तन हुन्छ होला !
सागर जस्तै उर्लिएर फेरि शान्त हुन्छ होला !
उज्यालोको पर्खाइमा, निराशा छ यो लुकेको,
यात्रा कठिन होला तर साँचो छ यो अठोट मेरो ।
अँध्यारो यो जीवनमा कहिले उज्यालो आउँछ,
त्यसकै आशमा मनले मीठा सपनाहरू गाउँछ ।
जीवनको यात्रामा चलिरहरै’छु आफू
उज्यालोको खोजीमा अँध्यारोको सामु ।
प्रतिक्रिया दिनुहोस्: