
काठमाडौं, माघ १५ गते। काठमाडौंको टोखा-८ स्थित काठमाडौं युरो स्कूलमा चिनिया नयाँ वर्ष धुमधामका साथ मनाइयो ।
कार्यक्रम चिनिया दुतावासका शिक्षा विभागका प्रतिनिधि क्व योङ्गफु को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा चिनिया नयाँ वर्षमा यसले सबै चिनिया नागरिकहरूमा सुख, शान्ति र समृद्धि ल्याउने विश्वास गरिन्छ । चिनियाहरू को १२ वर्षको चक्रमा यो वर्ष सर्प वर्ष परेको छ । सर्प वर्षमा चिनियाहरूले चलाख मानिसको जन्म हुन्छ भन्ने विश्वास गर्दछन् । यो वर्षलाई शान्तिको वर्षको रूपमा पनि लिने गरिन्छ ।
यो चिनिया नयाँ वर्षमा काठमाडौं युरो स्कूलका विद्याथीहरूले संस्कृतिको विविधतामा एकता अन्तर्रगत मनाएका हुन् । कार्यक्रममा चिनिया गित, चिनिया चित्रकला तथा नेपाली गित प्रदर्शन र चिन नेपाल मैत्री सम्बन्धको बारेमा चर्चा गरिएको थियो । कार्यक्रममा चिनिया दुतावासका शिक्षा विभागका प्रतिनिधि क्व योङ्गफुले चिन नेपालको मैत्री सम्बन्धको चर्चा गर्दै काठमाडौं युरो स्कूका विद्यार्थीहरुलाई चिन भ्रमणको निम्तो समेत दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्: