कविता

अतिथि सम्पादक/ सेई बोर्डिङ्ग स्कुलका भाइबहिनीहरूका कविताहरू

४ चैत्र २०८१

मेरी प्यारी आमा

अदिति गौतन
कक्षा : ३
मेरी प्यारी आमा
मेरी प्यारी आशा ।
नरेऊ बाबा, नरोऊ
भनी गछ्र्यौ माया ।

म हूँ तिम्रो लाला
ल्याइदेऊ न बाला ।
मन त्यतै जाला
जता माया होला ।

मेरी प्यारी आमा
मेरी प्यारी आमा ।
आफू खान्छ्यौ आधा
मलाई दिन्छ्यौ पूरा ।

जाडो भए मलाई
तिमी घाम लान्छ्यौ ।
भोक लागे मलाई
तिमी चारा दिन्छ्यौ ।

तिमी साथ हुँदा
प्यरो लाग्छ सारा ।
मेरी प्यारी आमा
मेरी प्यारी आमा ।

चरा

प्रज्ञा न्यौपाने
कक्षा : ५
सररर उड् चरा
हाम्रो मन हरर
ब्युँझिएर उठे पनि
हुन्छ मन हरर ।
चुच्चो नाक उस्को
जाँगरी छ बच्चा
सच्चा जिउन सिके छ है
चरा को नि बच्चा ।
अग्लो रुखमा उसको गुँड
चारैतिर फूलैफूल
धेरै धेरै हुन्छ चरा
गन्नै पनि नसक्ने ।
उसको मीठो स्वरले
हामी पनि बिउँझने ।

कति राम्रो बोली तर
लाग्छ है भर
देख्दा भने चरा एकदमैै फुच्चो
तर सारै मिहिनेति र पौरखी छ चुच्चो ।

कति राम्रो जीवन
मेंटर नि नमेटिने
तिम्रो जीवन समेटेर
कहिल्यै पनि नसकिने ।

आमा बाबा

रचना थापा
कक्षा : ५
पानी परे छाता छ ।
घाम लागे सुकाउँछौं है बिस्कुन,
आमा बाबाले दुःख गरी
पढ्न पठाउनु भयो स्कुला ॥

हुर्काउनु भयो हामीलाई
आमा बाबाले दुःखले.
मलाई पनि राख्न मन छ
आमाबाबालाई सुखले ॥

आमाको छ साथ
बाबाको छ काख,
मलाई त आमाबाबाको
धेरै माया लाग्छ ।

हाम्रो घर बाट देखिन्छ
राम्रो राम्रो हिमाल,
चिटिक्क पारी कोर्दिनु हुन्छ
आमाले मेरो कपाल ॥

स्कुलू जाँदा हेर्छु मैले
आफै आफ्नो छायाँ,
बबाले नि गर्नुहुन्छ
मलाई धेरै मायाँ ॥

ऐले म ठुलो छु
सानो थिए सुरुमा
मेरो आमाबाबालाई
मैले राख्छु मेरो मुटुमा ॥

किसानको जिन्दगी

सारिका मानन्धर
कक्षा : ५
बिहान उठ हात मुख धोऊ,
गोबर सोर्न जाऊ ।
घाँसपात गर, घरमा आऊ,
चिया नास्ता खाऊ ॥

वनमा जाऊ घाँस काट,
गाई वस्तुलाई दोऊ ।
खेतमा जाऊ, आली लगाऊ
रोपाइँ गर्न धाऊ ॥

गोठ जाऊ, बाख्रा फोऊ,
स्यौला काट, चराउन जाऊ ।
घर आऊ, खाना खाऊ,
रात पेरसी सुत्न जाऊ ॥

कति राम्रा चराहरू

बिभा गुणी
कक्षा : ५
कति राम्रा चराहरू बिहान बिहान उडेका
चिसो चिसो हावासा आकाशमा डुलेका ।

उनीहरू उड्या देख्दा मन उतै लाग्छ
मलाई पनि आकाशमा डुल्न मन लाग्छ ।

यताउता मिर्मिरेमा चरा उड्या देख्दा
मानिसहरू रमाउँछन् जङ्गलमा पुग्दा ।

घाम लाग्दा घमाइलो, चरा उड्दा रमाइलो
हामी पनि उड्नसके कति हुन्थ्यो रमाइलो !

मेरो फूलबारी

सुविक्षा बस्नेत
कक्षा : ५
फूलैफूलको बारी
कति राम्रो फूलबारी
सयपत्री, गोदावरी
कति राम्रा फूल
राम्रा, राम्रा खेल खेल्ने
फूलबारीमा भुल ।

ढकमक फुलेका छन्
बेली, चम्पा फूल
गोडमेल गर्नुपर्छ
बगैचामा फूल ।

धेरै थरी फूल देख्दा
मन उतै जाने
सधैंभरि फूलबारीमा
डुल्न मन लाग्ने ।

मेरी आमा

स्वस्तिका फुयाँल
कक्षा : ७
आमा, तिमीबिनाको यो संसार मात्र हैन
तिमीबिनाको स्वर्ग पनि मलाई चाहिँदैन ।

तिमीबिनाको अमूल्य यो जिन्दगी मात्र हैन
तिमीबिनाको कुनै सुख पनि मलाई चाहिँदैन ।

आमा तिम्रो हँसिलो मुहार ममताकी खानी
दुःख पर्दा नि हाँसिदिने तिम्रो राम्रो बानी ।

माया गर्न तिमीबाट सिकोस् निःस्वार्थ जानी
संसारमा आमाभन्दा अर्को छैन ठूलो भनी ।

तिमी कति महान छ्यौ संसारको दुःख खायौ
हजार जन्म तिर्न नसक्ने गुन तिम्ले लायौ ।

भोकै बसी भन्छ्यौ खाएँ तिमी कति महान छ्यौ
आफ्ना सारा खुसी, माया मलाई नै अर्पिदियौ ।

बाबा

अष्ट्रिया थापा
कक्षा : ८
परदेशमा बित्यो बाबा तिम्रो जिन्दगानी
सन्तानलाई राम्रो बाटो देखाउँछु भनी ।
कति पर्थ्यो भोको पेट काम गर्न पनि
घरमा फर्र्की खाली भुइँमा सुत्नु भयो अनि ।

छोराछोरी भन्दाभन्दै बस्यौ परदेश
परदेशमै बसी बसी फुुल्यो तिम्रो केश ।
वर्ष दिनमा एक महिना आउनुहुन्थ्यो घर
त्यही भएर हामी पनि हुन्थ्यौँ पर पर ।

धन कमाउँछु भन्दाभन्दै बस्नु पर्‍यो एक्लै
एक्लाएक्लै बस्दाखेरी जिन्दगानी बेग्लै ।
यसै गरी बित्यो बाबा दुईदिनको चोला
बाबासँग हाम्रो भेट अब कहिले होला ।

सेई बोर्डिङ्ग स्कुल, लिखु – ६, छहरे, नुवाकोट। 

प्रतिक्रिया दिनुहोस्: