
काठमाडौ, चैत्र ८ गते। विश्व कविता दिवसको उपलक्ष्यमा ईसँसाक डट कमको आयोजनामा आज एक भव्य समारोहबीच ऋद्धि सिद्धिको प्रेक्ष्यालय धनेश्वर , ग्वँग:बुँमा काव्य वाचन र कविता बारे चर्चा गरियो ।
सो अवसरमा कविहरू उमेश पाण्डे, तारा के सी, पार्वती पुडासैनी, डा. दामोदर पुडासैनी किशोर, रिझन तिवारी, आर्या राय, विशाल गुप्ता, केदार लम्साल, सुजन नेपाली आदि कविहरूको सहभागिता थियो ।
प्रमुख अतिथि डा. दामोदर पुडासैनी किशोरले विश्व कविताको औचित्यमाथि प्रकाश पार्नुभएको सो कार्यक्रममा कवि तारा के सीले वाचित कविताहरूको समीक्षा गर्नुभएको थियो ।
कार्यक्रमका सभाध्यक्ष तथा ईसंसाकका प्रधान सम्पादक कवि उमेश पाण्डेले हरेक कविता दिवसमा विशेष कविता कार्यक्रम आयोजना गर्दै आएको कुरा बताउँनुभयो ।
कवि पार्वती पुडासैनीले सो कार्यक्रमको संयोजन तथा सन्चालन गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्: