ढक् ढक् ! ढक् ढक् ! हैन कतिबेरसम्म ट्वाइलेटमा बस्नुभएको ? सुन्नुभएन भन्या …..? तपाईं गै’कन मैले कत्ति काम गरिसकेँ ! निस्कने बेला भएन ? सुनिता फत्फताउँदै ट्वाइलेटको ढोका ढक्ढक्याउँछिन् । जति गरे पनि न आवाज आयो न ढोका खुल्यो । उनी आँत्तिदै बाबू ! ए बाबू ! उठ्न भन्या …..।
छोरो ढोका खोल्दै ….. किन चिच्याउनु भा’को मम्मी ? कस्तो मीठो सपना देखिराथे हजुरले कराएर ब्यूँझिएँ । हेर्न बाबा ट्वाइलेट जानुभएको एक घण्टा भै’सक्यो निस्कनु नै भएन भन्या ! आफूलाई पनि ट्वाइलेट जान हतार भै’सक्यो ।
आइज त, एकचोटि तँ बोला …..।
सुगम : बाबा…..! बाबा…..! ढोका खोल्नुस् न !
ढोका ढक्ढक्याउँछ । जे गरेपनी ढोका खुल्दैन ।
उसले अलि जोडले ढोका धकेल्छ । हल्का लगाएको चुकुल फ्याट्टै खुस्किन्छ ।
देख्छ बाबा लडिरहेको ? आँत्तेर मम्मी ! आउनुहोस् न बाबालाई के भयो ? लडिरहनु भा’छ…..! आवाज रुन्चे थियो ।
सुनिता हत्तपत्त दौडिएर श्रीमान भएतिर पुग्छिन्, श्रीमान् फिँज काढेर लडिरहेका…..!
बनेपा, काभ्रे।
प्रतिक्रिया दिनुहोस्: