दमयन्ती आमाका शीतल र निर्मल दुई छोराहरू छन् । सानो छँदा ज्योतिषीले दुवैको राजयोग परेको छ भनेकोले आमा घरी घरी छोराहरू राजा भएको सपना सजाउँथिन् । नभन्दै समयले उनीहरू दुवैलाई पालैपालो सत्ताको कुर्सीमा पुर्यायो, गद्दीको स्वाद चखायो । तर सत्ताको सुखले उनीहरू यसरी मात्तिए कि दुवैले घरलाई अशान्तिको अखाडा बनाइरहे । आमा अत्यन्त दुःखी बनिरहिन् ।
हिजो क्रान्तिको महसुस गरेर शीतलले युद्ध छेड्यो । आमाले निर्मललाई घरमै शान्त बस्न भनिन् । केही वर्षमै शीतलले घरमा गरेको बेवास्ता र उसको लुटतन्त्रले आमा मात्र नभएर छर छिमेकीहरू पनि हायलकायल बनाइए ! यतिबेला फेरि निर्मलको निवास तातिएको छ । जसको राप शीतलको निवाससम्मै आइपुग्ने खतरा बढ्दोछ ! आमा उसैगरी दुःखी बनिरहिछिन् !
दुवै छोराहरूको गतिविधि देखेर आक्रान्त भएकी दमयन्ती आमा एकान्तमा उही गीत गुन्गुनाउँदै भेटिइन्– यो देशमा म यौटा मानिस खोजिरैछु…..!
लिखु–६, थानसिङ, नुवाकोट।
प्रतिक्रिया दिनुहोस्: