गीत

गीत

२७ चैत्र २०८१
रत्नप्रसाद अनामणि श्रेष्ठ

तिम्रो मौनतामा, तिम्रो धैर्यतामा, तिम्रो शालिनतामा
मैले प्रश्न गर्ने ठाउँ छैन तिम्रो भद्रतामा ।

तिम्रो नयनभित्र कथा व्यथा लुकेको देखेकोछु
सुनाउन खोज्छौ तर शब्द रोकिएको देखेकोछु ।
हावाले सन्देश लैजावस् भन्छ मनले मान्दैन
तिम्रो शिष्ट मुस्कानमा रहस्य मैले लुकेको देख्छु ।

तिम्रो मौनतामा, तिम्रो धैर्यतामा, ……..।

हरेक सपनीमा तिम्रो कोमल स्पर्शको नजिक हुन्छु
विपनीमा शब्दविना तिम्रो भावमा हराएको हुन्छु ।
तिम्रो मौन सङ्केतले घायल जस्तै भएको पाउँछु
हरेक हेराइ, हरेक चालमा मेरो सामिप्यमा पाउँछु ।

तिम्रो मौनतामा, तिम्रो धैर्यतामा, ………।

बनेपा–४, नाला, काभ्रे। 
हाल : गोङ्गबुँ, काठमाडौं। 

प्रतिक्रिया दिनुहोस्: