बरालको कविता सङ्ग्रह ‘समयका स्वर’ को लोकार्पण

२७ चैत्र २०८१

अभिनव साहित्य समाजले २०८१ चैत्र २७ गते बुधबार एक विशेष कार्यक्रमको आयोजना गरेको छ । सो समारोहमा कवि गोपाल बरालको कविता सङ्ग्रह ‘समयका स्वर’ को लोकार्पण भएको छ ।

साहित्यिक पत्रकार रोचक घिमिरेको प्रमुख आतिथ्य र गोविन्दप्रसाद घिमिरे वेदमणिको समापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो । परशुराम पराजुली पराशरले सञ्चालन गर्नुभएको सो कार्यक्रममा लोकार्पित पुस्तकको विषयमा सीता ओझा र प्रा.डा.हेमनाथ पौडेलले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।

कार्यक्रममा देवी ओझा, बाजुराम पौडेल, मातृका पोखरेलले कवितामा शब्द शक्तिको धेरै महत्व हुने भएकाले व्यञ्जना र लक्षणा शब्दशक्तिको प्रयोग गरिएको कवितामा मिठास बढी हुन्छ र सार्थक कविता बन्छ भन्दै शुभकामना मन्तव्य दिनुभएको थियो भने लोकार्पित पुस्तकबाट शारदा पराजुली र मेनका पोखरेलले एक एक वटा कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा १५० जनाभन्दा बढीकोे उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: