बलिभद्र सर एउटा प्रतिष्ठित् विद्यालयका शिक्षक थिए । उनले गाउँ, समाजमा पनि आफ्नो राम्रो छबि बनाउन सफल भएका थिए ।
हाम्रो समाजमा अझै पनि छोरा नभए स्वर्ग तरिन्न भन्ने मान्यताले जरो गाडेको छ, यदाकदा बाहेक । छोरा हुनेहरू आजपूर्ण रूपमा सन्तुष्ट भएको पनि देखिँदैन ।
तर पनि हाम्रा गाउँका डिग्री होल्डर बलिभद्र सरले छोरा पाउनकै निम्ति सांतओटी छोरी जन्माउनुभयो । आठौं पटकमा छोराको जन्म भयो । गाउँमा छोरा जन्मियो भनेर वरपर खबर पुग्यो । सबै गाउँलेहरू बलिभद्र सरको घरमा बधाई दिनको लागि उपस्थित भए । घरमा पनि उल्लासमय वातावरण थियो । छोरी जन्मिदा सामान्य खाना पाक्ने चुलोमा छोरा जन्मदा खसीं नै काटियो । अब स्वर्गको ढोका खुल्ने भयो भनेर सम्पूर्णमा सन्तुष्टि देखियो ।
घरपरिवार पनि ढुक्कै भए । बिस्तारै छोरो हुर्कंदै गयो । राम्रो सुसंस्कारको घर भएको हुनाले
बच्चाले पढाइको क्षेत्रमा निकै प्रगति गर्दैगयो । पढ्दै जाने क्रममा पूर्ण छात्रवृत्ति पाएर अमेरीकातिर उच्चशिक्षाको लािग यात्रा तय गर्यो ।
छोरो अमेरीका पढ्न गयो भनेर यता घरपरिवार पनि खुशीमा दिन काट्दै थिए । समयले नेटोकािटसकेछ विस्तारै बलिभद्रका दम्पतिलाई रोगले थलापार्दै गयो । उनीहरूलाई छोराको यादले सताउन लाग्यो । छोरालाई फोन गरे, बाबु ! हामीहरू लामो समय बिरामी भयौं । तिमीले फोन पनि गरेनौं । तिमीलाई कस्तो छ ? हाम्रो अन्तिम अवस्था भइसक्यो । जसरी भए पनि आऊ है ! भनेर बलिभद्रले भन्दा छोराले प्रतिउत्तरमा ‘बाबा मेरो अहिले आउने स्थिति छैन, ग्रीनकार्ड एप्लाई गरेको छु’, भन्दै फोन राख्यो ।
बाबु, आमा छोराको कुरा सुनेर एकतमासले टोलाए, केही बोल्न पनि सकेनन् । दुवैका आँखाबाट आँसुका भेल बगे ।
रोगले र शोकले गलाएको शरीरलाई त्यागेर छोटो समयको अन्तरालमै दुवै दम्पतिले छोराको मुख हेर्ने अधुरो सपना बोकेको जीवन यात्रालाई समाप्त गरे ।
टोखा–४, धापासी, काठमाडौं।
प्रतिक्रिया दिनुहोस्: