जोशीको ‘छैन हो छैन’ सार्वजनिक

५ बैशाख २०८२

गायिका श्रृंखला जोशीको नयाँ गीत ‘छैन हो छैन’ सार्वजनिक भएको छ। चर्चित गायिका शशि रावलको शब्द संगीत रहेको उक्त गीतको लिरिकल भिडियो आफ्नै यु टुब मार्फत गायिका जोशीले सार्वजनिक गरेकी हुन्।

हाल अस्ट्रेलियामा बसिरहेकी उनले प्रबासबाटै गीत संगीतको कर्ममा लागिरहेको जानकारी दिइन। यसअघि सिड्नी जाने रेल, तिम्रो आवाज लगायत गीत निकालिसकेकी जोशी देउडा सम्राट नन्दकृष्ण जोशीकी छोरी हुन्। बाबा जस्तै आफ्ना गीतहरूलाई पनि दर्शक श्रोताहरू ले माया गरिदिनुहुन्छ भन्ने आशा गायिका श्रृंखलाले गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्: