काठमाडौं, भाद्र ७ गते । पारामाउण्ट एकेडेमी, गोँगबुँले १०, ११ र १२ कक्षाका विद्यार्थीहरूको स्वागत तथा बिदाइ कार्यक्रमको आयोजना गर्यो । विद्यालयका प्रिन्सिपल मुकुन्दप्रसाद पाण्डेको सभापतित्व र संविधान सभाका सदस्य जगदीश्वरनरसिंह के.सी.को प्रमुख आतिथ्यमा भएको स्वागत तथा बिदाइ कार्यक्रममा कक्षा ११ मा नयाँ भर्ना भएकाहरूलाई स्वागत र एसईई-२०८० र +२ (दोस्रो ब्याच)-२०७९ मा उत्तीणर् भई जानेहरूको बिदाइ गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि के.सी.ले यस विद्यालयबाट उत्तीणर् भएर जाने विद्यार्थीहरूले उच्च शिक्षासमेत हासिल गरिसकेका र प्राविधिक क्षेत्रमा पनि कयौँ विद्यार्थीहरू डाक्टर, ईञ्जिनीयर बनीसकेका छन् भन्नुहुँदै यसको लागि विद्यालय आफ्नो कर्तव्यमा कतै पनि विमुख भएको छैन र यस विद्यार्थीहरूलाई अनुशासित, नैतिवान् बनाउँदै खेलकुद र अतिरिक्त क्रियाकलापको क्षेत्रमा पनि उत्तिकै ध्यान दिएको छ, भन्नुभयो । उहाँले विद्यालयले नैतिकशिक्षा, व्यवसायिक शिक्षा, कृषि आदिको ज्ञान र सिपको लागि निरन्तर प्रयास गरिरहेको छ, भन्नुभयो । प्रमुख अतिथि के.सी.ले विद्यालयले पढाइको क्षेत्रमा शतप्रतिशत नतिजा ल्याएको छ, यो टोखाभित्रको विद्यालयहरूमा उत्कृष्ट दसभित्र परेको छ, यो हामी सबैको खुशीको कुरा हो, भन्नुहुँदै यसलाई अझ उत्कृष्ट र अब्बल बनाउनको लागि तपाईं तमाम अभिभावकहरू, शिक्षक विद्यार्थीहरूमा कुनै गुनासा र सुझावहरू भए विद्यालय प्रशासन, प्रिन्सिपल, व्यवस्थापन समितिमा आएर भन्न र छलफल गर्न सक्नुहुन्छ, भन्नुभयो । यो विद्यालय काठमाडौं उपत्यकाभित्रको कुनै पनि विद्यालयभन्दा कमी नभएकोले यहाँ भर्ना हुन र पढ्न कुनै पनि विद्यार्थीले डराउनु नपर्ने कुरा प्रमुख अतिथि के.सी.ले बताउनुभयो ।
कार्यक्रममा प्रिन्सिपल मुकुन्दप्रसाद पाण्डेले विद्यालयको प्रगति र समग्र अवस्थाका बारेमा प्रकाश पार्नुभएको थियो भने शिक्षक शरण तामाङले उपस्थित पाहुनाहरूमा स्वागत मन्तव्य राख्नुभएको थियो । त्यस अवसरमा आफ्ना धारणा राख्दै शिक्षक तथा अतिथि, अभिभावकहरू विद्यालयको विविध गतिविधि र समग्र शैक्षिक अवस्थाका बारेमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका भाइबहिनीहरूले विविध गीत, सङ्गीत र नृत्यहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा एसईई र +२ मा उत्कृष्ट नम्बर ल्याउने विद्यार्थीहरूको साथै विषय शिक्षकहरूलाई पनि नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्: