१. साहित्यिक लेखन कहिलेदेखि सुरु गर्नु भएको हो ?
– साहित्यिक लेखन औपचारिक रूपमा २०७७ सालदेखि सुरु गरेकी हुँ ।
२. पहिलो रचना के थियो ?
– पहिलो रचना ‘नारी’ शीर्षकको कविता हो ।
३. पहिलो कृति कुन हो ?
– पहिलो कृति झङ्कार (प्रकाशोन्मुख लघुकथासङ्ग्रह) हो ।
४. लेखनका विषयहरू कस्तो छनौट गर्नुहुन्छ ?
– लेखनका विषयहरू सामाजिक तथा मनोवैज्ञानिक छनोट गर्छु ।
५. तपाईंको लेख्ने समय कुन हो ?
– मेरो लेख्ने समय बेलुकी ९ बजे पछि हो ।
६. लेख्नलाई कस्तो परिवेश मन पर्छ ?
– लेख्नलाई शान्त, एकान्त र प्राकृतिक परिवेश मन पर्छ ।
७. लेखकलाई कुन कुराले राम्रो बनाउँछ ?
– लेखकलाई लेखनप्रतिको इमान्दारीले राम्रो बनाउँछ ।
८. अहिले के लेख्दै हुनुहुन्छ ?
– अहिले झङ्कारको सम्पादनमा व्यस्त छु ।
९. आगामी योजना के छ ?
– आगामी योजना बाल कवितासङ्ग्रह प्रकाशन गर्ने छ ।
१०. घरको काम कत्तिको गर्नुहुन्छ ?
– घरको प्रायः सबै काम गर्छु ।
११. जाँगर लाग्ने काम कुन ?
– जाँगर लाग्ने काम साहित्य सिर्जना हो ।
१२. कस्तो काम गर्न अल्छी लाग्छ ?
– दिलचस्पी पटक्कै नभएका र अरूका करकापमा गर्नुपर्ने काम गर्न अल्छी लाग्छ ।
१३. खान के मिठो लाग्छ ?
– सादा खाने कुरा खान मिठो लाग्छ ।
१४. लाउन कस्तो मन पर्छ ?
– सारी र कुर्था लगाउन मन पर्छ ।
१५. कस्तो ठाउँ घुम्न मन पर्छ ?
– प्राकृतिक र धार्मिक ठाउँ घुम्न मन पर्छ ।
१६. कस्ता साथी–सङ्गीहरू मन पर्छन् ?
– आवश्यकतामा नतर्किने साथी सङ्गीहरू मन पर्छन् ।
१७. किन लेख्नुहुन्छ साहित्य ?
– मनको आनन्द र समाजका विसङ्गतिहरूलाई चिरफार गरी चेतना प्रवाहका लागि साहित्य लेख्छु ।
१८. साहित्यले व्यक्ति र समाजलाई दिने कुरा के हो ?
– साहित्यले व्यक्ति र समाजलाई दिने कुरा सकारात्मक परिवर्तनको अदम्य सन्देश हो ।
प्रतिक्रिया दिनुहोस्: