साहित्य
(१) दीपावली मनाऊँ
झिलिमिली पारेर
परम्परा जनाऊँ ।
२. पञ्चकको माग हो
तिहारमा पहिले
पूजा हुन्छ कागको ।
३. दोस्रो दिन पुज्दछन्
भैरबको बाहन
माला लगाई कुद्दछन् ।
४. धोती-चोली लाएको
लक्ष्मी पूजा गरेर
भैलो खेल्न आएको ।
५. देउसीरे खेल्दछन्
तिहारको दिनमा
गोरु पूजा गर्दछन् ।
६. तेल धारा बगाऊ
सप्तरङ्गी रङले
भाइटीका लगाऊ ।
७. नबिर्स है भुलले
भाइपूजा गर्नु है
मखमली फूलले ।
८. सुत्नु बरु रुवामा
चाड मान्छु भनेर
नजाऊ है जुवामा ।
९. फन्के रोटी समाइ
हाँसी, खुशी खाऊ है
तिहारमा रमाइ ।
१०. लक्ष्मीजीको भरमा
विनाकर्म पैसा त
आउँदैन घरमा ।
११. सबैको छ चाहना
तिहारको पर्वमा
बाँडौं शुभकामना ।
बनेपा-३, नाला, काभ्रे।
प्रतिक्रिया दिनुहोस्: