गीत

गीत

१४ मंसिर २०८१
रुपा रिसाल चालिसे

मायाको डोरी बाँधी मनमा प्रित राख्यौ
स्वर शब्द ती साँची मधुर गीत चाख्यौ ।

निदरीमा सुम्सुम्याउने स्पर्श तिम्रो हातको
मुस्कानमा माधुर्य भरी जादू तिम्रो वातको
कलेजीको टुक्रा समाई श्वास भरी राख्यौ
रूपरङ्ग उस्तैउस्तै बोलीभित्र मीत चाख्यौ ।

मायाको डोरी बाँधी जीवनको रीत राख्यौ
ममता अङ्कुर साँची दयाको हित चाख्यौ ।

सम्बोधन गर्नेछु सुख दु:खकष्ट ठेसलाग्दा
आनन्द छाउँछ प्रफुल्ल मनमा बेसलाग्दा
धड्कनमा सुनी मुटु छातीमा टाँसी राख्यौ
तोतेलरबर मेरा बालकला सङ्गीत चाख्यौ ।

मायाको डोरी बाँधी मनमा प्रित राख्यौ
स्वर शब्द ती साँची मधुर गीत चाख्यौ ।

धापासी, काठमाडौं

प्रतिक्रिया दिनुहोस्: